लुम्बिनी लायन्सले टस जितेर काठमान्डु गुर्खाजलाई ब्याटिङको निम्तो


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज हुने खेलमा लुम्बिनी लायन्सले टस जितेको छ ।

त्रिवि क्रिकेट मैदानमा केहीबेरपछि सुरु हुने लुम्बिनी लायन्स र काठमान्डु गुर्खाजबीचको खेलमा लुम्बिनीले टस जित्दै पहिले बलिङ गर्ने निर्णय गरेको हो ।

लुम्बिनीको निम्तोपछि काठमान्डु गुर्खाजले पहिले ब्याटिङ गर्ने भएको छ ।