जनकपुरधाम । छठ पर्वको अवसरमा जनकपुरधाम पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका अध्यक्ष ऋषि धमलाबीच आकस्मिक भेट भएको छ।
आज बिहान छठ पूजापछि भएको भेटमा लामिछाने र धमलाबीच पुरानो राजनीतिक प्रसङ्गदेखि देशको नेतृत्व र विकासका विषयमा कुराकानी भएको छ।
भेटका क्रममा लामिछानेले धमलालाई गत फागुन २१ मा सम्पन्न निर्वाचनलाई सम्झिदै भने, ‘मेरो सल्लाह त मान्नुभएन।’
जवाफमा धमलाले भने, ‘तपाईंले टिकट त दिनुभयो।’
गत २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनका लागि बालेन शाह र रवि लामिछानेले धमलालाई रास्वपाबाट उम्मेदवार बन्न टिकटको प्रस्ताव गरेका थिए। तर धमलाले उक्त प्रस्ताव अस्वीकार गरेका थिए।
भेटका क्रममा छुट्टिने बेलामा हात मिलाउँदै धमलाले लामिछानेलाई देशको नेतृत्व गर्नुपर्ने सुझाव दिए। उनले भने, ‘अब देशको नेतृत्व गर्नुपर्छ। बालेन शाहपछि प्रधानमन्त्री बन्नुपर्छ।’
धमलाको उक्त भनाइमा जवाफ दिँदै लामिछानेले भने, ‘पर्दै पर्दैन, किन चाहियो प्राइम मिनिस्टर? हामीलाई केही पर्दै पर्दैन, प्राइम मिनिस्टर उत्पादन गर्दै जाउँला नि, के भयो र?’
भेटमा देशको विकास र समृद्धिका लागि सहकार्य गर्दै अगाडि बढ्ने विषयमा दुवै एकमत देखिएका थिए। सो अवसरमा धमलाले देश निर्माण र समृद्धिको अभियानमा आफ्नो पूर्ण समर्थन रहने प्रतिबद्धतासमेत व्यक्त गरे ।




प्रतिक्रिया