काठमाडौं । नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेलाले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् ।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा सोमबार भएको भेटमा राजदूत दलेलाले नेपालका लागि भारतीय राजदूत नियुक्त भएकोमा बधाई दिँदै सफल र फलदायी कार्यकालको शुभकामना व्यक्त गरेका थिए । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार नै भारतका लागि नेपालका राजदूत डा. निश्चलराज पाण्डेलाई नियुक्त गरेका थिए ।
भेटका क्रममा नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै, दुवै देशबीच लामो समयदेखि रहँदै आएको मैत्रीपूर्ण सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने विषयमा पनि कुराकानी भएको थियो ।
प्रधानमन्त्री बालेन शाहले मंसिरको पहिलो साता भारत भ्रमण गर्ने तयारी भइरहेका बेला भारतीय राजदूतले परराष्ट्रमन्त्रीसँग भेट गरेका हुन् ।




प्रतिक्रिया