काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेलाबीच आज सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ।
भेटका अवसरमा मन्त्री खनालले नवनियुक्त राजदूत दलेलालाई बधाई ज्ञापन गर्दै उनको सफल तथा फलदायी कार्यकालको शुभकामना व्यक्त गरे ।
सो अवसरमा नेपाल-भारतबीच रहिआएको लामो समयदेखिको ऐतिहासिक मैत्रीपूर्ण सम्बन्ध र सहकार्यलाई आगामी दिनमा अझै सुदृढ तथा गहिरो बनाउने विषयमा महत्त्वपूर्ण कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।




प्रतिक्रिया