बुटवल । लुम्बिनी विकास कोषकी नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्माले औपचारिक रूपमा पदभार ग्रहण गरेकी छन्। बुधबार लुम्बिनी पुगेर उनले जिम्मेवारी सम्हालेकी हुन्।
डोल्मालाई कोषका कर्मचारीहरूले स्वागत गरेका थिए। कोषका नवनियुक्त सदस्य सचिव इन्जिनियर सन्तोष पाण्डेले पनि पदभार ग्रहण गरेका छन्। सरकारले रुपन्देहीको तिलोत्तमा निवासी पाण्डेलाई केही समयअघि सदस्य सचिवमा नियुक्त गरेको थियो।
कोषका सूचना अधिकारी डा. हरिध्वज राईका अनुसार दुवै नवनियुक्त पदाधिकारीले बुधबारदेखि जिम्मेवारी सम्हालेका हुन्।
लामो समयदेखि लुम्बिनी विकास कोषमा पदाधिकारी नियुक्त हुन सकेको थिएन। कानुनी व्यवस्थाअनुसार कोषको पदेन अध्यक्षमा पर्यटन तथा संस्कृति मन्त्री रहने व्यवस्था छ भने उपाध्यक्षलगायत अन्य पदाधिकारी र सदस्य सरकारले नियुक्त गर्ने प्रावधान छ।




प्रतिक्रिया