दुई रिसोर्टबाट पक्राउ परेका ७६ विदेशी नागरिक अध्यागमन विभागमा पठाइए


२ मंसिर, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका दुई रिसोर्टबाट पक्राउ परेका ७६ चिनियाँ नागरिकलाई प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाउन अध्यागमन विभागमा पठाएको छ।

पाँचखाल नगरपालिका–७ स्थित ह्वाइट पार्क रिसोर्टबाट ३६ चिनियाँ नागरिक पक्राउ परेका थिए। उनीहरूबाट ४९ थान ल्यापटप र १५५ थान मोबाइल बरामद गरिएको छ।

त्यस्तै, पनौती नगरपालिका–११ स्थित बल्थली माउन्टेन रिसोर्टबाट ३५ जापानी र ५ चिनियाँ नागरिक पक्राउ परेका थिए।

दुवै रिसोर्टमा विदेशी नागरिकहरूले छुट्टै क्याबिन तथा शंकास्पद संरचना बनाएको पाइएको प्रहरीले जनाएको छ। बरामद उपकरणको प्राविधिक परीक्षण र घटनाबारे थप अनुसन्धान भइरहेको छ।