काठमाडौं । युवा व्यवसायी सविन घिमिरेकी ममतामयी आमा माया घिमिरेको निधनप्रति स्वतन्त्र नागरिक अभियान नेपालले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ।
अभियानका संयोजक ऋषि धमलाले स्वर्गीय माया घिमिरेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन्।
माया घिमिरेको २०८३ साल मंसिर ३ गते निधन भएको थियो । उहाँको निधनले परिवार तथा आफन्तजनमा अपूरणीय क्षति पुगेको भन्दै अभियानले दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ।
साथै, यस दुःखद घडीमा युवा व्यवसायी सविन घिमिरेलगायत सम्पूर्ण परिवारजनलाई शोक सहन सक्ने धैर्य, साहस र शक्ति प्राप्त होस् भन्ने कामनासमेत अभियानले गरिएको छ।




प्रतिक्रिया