काठमाडौं, १२ पुस । द आर्ट अफ लिभिङले ध्यानको विश्व रेकर्ड बनाएको छ । विश्व ध्यान दिवसको अवसरमा आर्ट अफ लिभिङ फाउन्डेशनले आयोजना गरेको सो ध्यान कार्यक्रममा विश्वभरबाट ८.५ मिलियन व्यक्तिहरु अनलाइनबाट सहभागी थिए ।
सबैभन्दा धेरै व्यक्तिहरुलाई सहभागी गराएर ध्यान विश्व रेकर्ड कायम गरिएको हो । गिनिज बुक अफ वर्ल्ड रेकर्डसले यो कार्यक्रमलाई विश्व रेकर्डको मान्यता दिएको छ ।
आर्ट अफ लिभिङ फाउन्डेसनका संस्थापक आध्यात्मिक गुरु रविशंकरलाई विश्व ध्यान कार्यक्रमका लागि आमन्त्रित गरिएको थियो ।




प्रतिक्रिया