राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची


काठमाडौं, माघ २० । राष्ट्रिय सभाको बैठक आइतबार बस्दैछ । दिउँसो सवा १ बजे बस्ने बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने एक मात्रे कार्यसूची छ।

प्रतिवेदन विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहाले पेश गर्ने संसद सचिवालयले जनाएको छ। यो विधेयकमाथि समितिमा दफावार छलफल सकेपछि प्रतिवदन पेश गर्न लागिएको हो।