कांग्रेस प्रवक्ता महतद्धारा महाकुम्भमा महास्नान


काठमाडौं, ६ फागुन । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतपनि महाकुम्भमा डुबुल्की मार्न पुगेका छन् । हिजोमात्रै महामन्त्री गगन थापाले कुम्भ नुहाएको तस्विर सार्वजनिक गरेका थिए ।

आज प्रवक्ता महतले पत्नी वीणासहित महास्नान गरेको तस्विर सार्वजनिक गरेका छन् । उनले लेखेका छन्–‘गंगा,यमुना र सरस्वती नदिको त्रिवेणी संगममा जारी महाकुम्भमा महास्नान।’ महाकुम्भमा कांग्रेस सभापति शेरबहादुर देउवापनि सहभागी हुने बताईएको छ ।