काठमाडौं, ७ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भोलि (फागुन ८) गते भारत भ्रमणमा जाने तय भएको छ । देउवा भारत भ्रमणमा जाने कुरा यसअघि नै उनकी पत्नी डा. आरजु राणाले खुलासा गरेकी थिईन् ।
ओमानको मस्कटमा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा परराष्ट्रमन्त्री राणाले भारतीय विदेशमन्त्री डा. एश जयशंकरसँगको साइडलाईन वार्तामा आफ्नो पति देउवा महाकुम्भ मेलामा सरिक हुने खुलासा गरेकी थिईन् । महाकुम्भमा स्नान गरेपछि देउवा इण्डिया फाउण्डेशनले आयोजना गर्ने कुम्भ समिटमा मुख्य वक्ताको रुपमा भाग लिने बताइएको छ ।
यता, कांग्रेसका शीर्ष नेता डा. शेखर कोइराला भने भोलि कर्णाली प्रदेशको राजधानी सुर्खेत जाने भएका छन् । सुर्खेतमा हुने विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न उनी त्यसतर्फ जाने तय भएको उनको सचिवालयले जनाएको छ । पछिल्लो समय शेखरले देशव्यापी दौडाह थालेका छन् । file photo




प्रतिक्रिया