काठमाडौं, १० फागुन । प्रथम महिला राधिका शाक्यले देशका लागि निरन्तर सक्रिय प्रधानमन्त्री केपी शर्मा ओलीजस्तो व्यक्तिबारे अनेक अफवाह र नकारात्मक टिप्पणी गरिएकामा दुःख लाग्ने गरेको बताएकी छन् । प्रथम महिला शाक्यद्वारा लिखित आत्मकथा ‘करुणा’ लाकार्पण समारोहलाई सम्बोधन गर्दै उनले आफूूले नेपाल राष्ट्र बैङ्कमा ३३ वर्ष जागिर खाएर बालकोटमा घर जोडेको र अहिले पनि पेन्सनबाट खर्च चलाएको उल्लेख गर्दै उनले बालकोटको घरलाई दरबार भनेर प्रचार गर्नेहरूसँग दुःखेसो पोखिन् ।
‘हाम्रो जीवनशैली सामान्य नै हो । दुःखी, गरिब र असहायलाई सहयोग गर्न पाउँदा खुसी लाग्छ । जीवनको एक–एक हिसाब बुुझाउन म तयार छु । बालकोटको घर हाम्रो पसिना र मेहनतबाट बनाइएको हो,’ शाक्यले भनिन्, ‘सम्पूर्ण नेपालीले सहज रूपमा लाउन र खान पाउनुपर्छ भन्ने हिसाबले हामी लागिरहेका छौँ ।’




प्रतिक्रिया