माओवादी सांसदको प्रश्न : उज्यालो नेपाल बनाएर कुलमानले के गल्ती गरे ?


काठमाडौं, १२ फागुन । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले नेपाल विद्यतु प्राधिकरणको एमडी कुलमान घिसिङले उज्यालो नेपाल बनाएको बताएका छन् । उ

नले भने,‘अहिले कुलमानलाई विहानै हटाईन्छ, बेलुका हटाईन्छ, भोलि हटाईन्छ भनिँदैछ । उज्यालो नेपाल बनाएर कुलमानले के गल्ती गरे ? घाटामा गएको प्राधिकरणलाई नाफामा लगेर के गल्ती गरे कुलमानले ? मुलुकलाई लोडसेडिङमुक्त गरेर के गल्ती गरे कुलमानले ? भारत र बंगलादेशमा विजुली बेच्ने निर्णय गरेर के गल्ती गरे ? बरु सम्मान गर्नुपर्छ ।’

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद पौडेलले विद्युतको बक्यौता नतिर्नेको लाईन काटिनुपर्ने आवाज उठाए । तर, महशुस तिर्नेहरुको नै लाईन काटिएको भन्दै उनले आपत्ति जनाए ।