राजेन्द्र महतोको नजरमा माओवादी केन्द्र : सत्तास्वार्थको लागि आफ्ना आदर्श त्यागेको छ


काठमाडौं, १२ फागुन । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले नेकपा (माओवादी केन्द्र) लाई सत्तास्वाथएको लागि आफ्नो आदर्श त्याग गरेको पाटीएको रुपमा चित्रण गरेका छन् । पार्टीको आजबाट सुरु भएको केन्द्रीय समितिको विस्तारित बैठकमा पेश गरिएको राजनीतिक प्रतिवेदनमा महतोले माओवादीबारे यस्तो दृष्टिकोण सार्वजनिक गरेका हुन् ।

माओवादीले २०५२ सालमा जनयुद्ध सुरु गर्दै वर्ग संघर्ष र राष्ट्रिय मुक्तिलाई समाहित गर्ने प्रयास गरेको भएपनि हेटौंडा महाधिवेशनपछि माओवादी निम्नपुँजीवादी संशोधनवादमा फस्दै गएको महतोको टिप्पणी छ ।

उनले २०५९ सालसम्म जनयुद्धले देशभित्र र बाहिर जनसमर्थन बटुल्दै ठूलो प्रभाव पारेको पनि उल्लेख गरेका छन् । तर, अन्तरिम संविधान बन्ने बखत माओवादीले राष्ट्रिय तथा जातीय मुक्तिका सवाल सबै बिसर्जन गरेको र २०७२ को संविधान निर्माणसम्म आईपुग्दा प्रचण्ड आँफैपनि दाहालमात्रै बनेको व्यंग्य गरेका छन् ।