बाहिर हल्ला फिँजाएजस्तो अहिलेको सरकार ढल्दैन : ईश्वर पोखरेल


मकवानपुर, १२ फागुन । प्रमुख सत्तारूढ दल नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले केपी ओली नेतृत्वको वर्तमान सरकार नढल्ने दाबी गरेका छन् । उनले बाहिर हल्ला फिजाएजस्तो सरकार नढल्ने र यही सरकारले निरन्तरता पाउने दबाी गरेका हुन् ।

आज (सोमबार) हेटौंडामा आयोजित एमाले मकवानपुरको जिल्ला कमिटी बैठकलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । माओवादी केन्द्रको अस्थिर चरित्रको कारण देशका दुई ठूला दल एमाले र कांग्रेस मिल्नुपरेको उनको स्पष्टोक्ति थियो । कांग्रेससँगको सहकार्य आगामी निर्वाचन ०८४ सम्म कायम हुनेपनि उनको दाबी थियो ।