काठमाडौं, १३ फागुन । नेकपा (माओवादी केन्द्र) कि नेतृ एवं पूर्वमन्त्री रेखा शर्माले पूर्वराजा ज्ञानेन्द्रलाई धेरै चुरिफुरी नगर्न चेतावनी दिएकी छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले राजनीतिमा आउने मन भए पार्टी खोल्न पूर्वराजा ज्ञानेन्द्रलाई सुझाव दिएकी छन् ।
वर्तमान संविधानले पूर्वराजालगायत सबैलाई दल खोल्ने र राजनीतिमा आउने अधिकार दिएको स्मरण गराउँदै उनले भनिन्, ‘म पूर्वराजालाई पनि के अनुरोध गर्न चाहन्छु भने– राजनीतिमा आउने हो भने पार्टी खोल्ने, पार्टी दर्ता गर्ने, राजनीतिमा आएर प्रधानमन्त्री बन्ने । किनभने अहिलेको संविधान निरङ्कुश छैन, सबैलाई पार्टी खोल्ने अधिकार दिएको छ । त्यतातिर जान उपयुक्त हुन्छ । अन्यथा धेरै चुरीफुरी गर्न आवश्यक छैन ।’




प्रतिक्रिया