काठमाडौं, १४ फागुन । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले देशमा नवीन समझदारीको आवश्यकत्ता दोहोर्याएका छन् । उनले नेपाल पछिल्लो समय ग्रे–लिष्टमा परेको देखि नेपाल संसारकै भ्रष्टमध्येको देश भएको पनि चित्रण गरेका छन् । उनले लेखेका छन्–
– नेपाल ’ग्रे लिस्ट’ मा पर्यो।
– नेपाल संसारकै भ्रष्टमध्येको देश भयो।
– विदेशी लगानी अत्यधिक न्यून भयो।
– पुँजी पलायन व्यापक भयो।
– व्यापारीले व्याङ्कबाट ऋण लिने दर कम भयो।
– ठूला व्यापारीले कम्तिमा १५% घुसका लागि छुट्याउनु पर्ने भयो।
– डाक्टर÷नर्सहरू नेपाल नबस्ने भए।
– आइटी कम्पनीहरू भारत सर्न थाले।
– युवा आफ्नो भविष्य विदेशमा देख्न थाले।
– एक–तिहाई बजेट रेमिटेन्सले धानेको धेरै भयो।
– स्कूल÷विश्वविद्यालयको स्तर तन्नम भयो।
– न्यायालय राजनीतिकरण भयो।
– समाज भ्रष्ट÷क्ष्त्त–हीन भयो।
– व्यवस्थाको बचाऊ गर्नेकै सन्तानले देश छोडे।
– देशको अन्तर्राष्ट्रिय प्रतिष्ठा धूलिसात् भयो।
– परिवर्तमा विदेशी भूमिका झनझन प्रष्ट भयो।
– राजा जनतामाझ खुशीसाथ जान सक्ने, नेताहरू जनतामाझ जानै डराउनु पर्ने वातावरण भयो।




प्रतिक्रिया