निर्णय भैसकेको भूमिसम्बन्धी अध्यादेशबारे जसपा नेपालले फेरि छलफल गर्ने


काठमाडौं, १५ फागुन । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले भूमिसम्बन्धी अध्यादेशबारे विभिन्न राजनीतिक दलका नेताहरु र विज्ञहरुको सहभागितामा अन्तरक्रिया गर्ने भएको छ ।

जसपा नेपालको संसदीय दलको बैठकले भूमिसम्बन्धी अध्यादेशको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको अवस्थामा फेरि अन्तरक्रिया गर्न लागेको हो । जसपा नेपालले बृहत्त छलफल भने भोलि (शुक्रबार) को लागि तय गरेको छ ।

छलफल नयाँ बानेश्वरमा रहेको ईन्द्रेणी ब्याङ्वेटको मैत्री हल (पाँचौ तला) मा हुने अध्यक्ष उपेन्द्र यादवका निजी सचिव महेश चौरसियाले जानकारी दिएका छन् । file photo