काठमाडौं, १५ फागुन । राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र जर्मनका क्रुर शासक हिटलरमा कुनै फरक नरहेको टिप्पणी गरेका छन् । आज (बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले प्रधानमन्त्री ओली एकल नश्लीय चिन्तनको आधारमा दिनप्रतिदिन क्रुर बन्दै गएको आरोप लगाएका हुन् ।
ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा ‘नो केबलकार’ पक्षधरहरु बसेको एउटा कोठामा राज्यले प्रहरीहरुलाई १०÷१० वटा अश्रुग्यास हान्न लगाएको उनको आरोप छ । उनले यस घटनाले प्रधानमन्त्री ओली र हिटलरमा कुनै फरक छैन भन्ने कुराको पुष्टि गर्ने बताए ।
‘म शान्ति पदयात्रामा गएको । पाथीभरामा पुगेको थिएँ । आन्दोलनकारी साथीहरुले काम रोक्न लगाए । त्यतिमात्रै होईन, सदरमुकाममा मसाल जुलुस निकाल्दाखेरी यस्तो व्यबहार भयो, त्यहाँको लिम्बुहरुले भन्दै थियो, नेपाल बनेदेखि यो नश्लीय शासन हो भनेर बल्ल आज अनुभूति भयो । यो नश्लवादी शासकको चरित्र राजेन्द्र महतोले पहिला नै अनुभूति गरिसकेको थियो । अस्ती १० गते त्यहाँ फुङ्लिङमा जब राज्यले ग्यास चेम्बरजस्तै एउटा कोठामा बन्द भएको ‘नो केबलकार’ आन्दोलनकारीलाई एउटा कोठामा बसिराखेको अवस्थामा त्यहाँ १०÷१० वटा टीयर ग्यास हानेर हिटलरको ग्यास चेम्बरको जस्तै व्यवहार गर्यो । यो केपी ओलीले हिटलरजस्तै व्यवहार गरेको हो कि होईन ? हिटलर र केपी ओलीमा फरक के भयो ?’ प्रश्न गर्दै उनले भने ।




प्रतिक्रिया