काठमाडौं, १६ फागुन । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री शेरबहादुर तामाङले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक (एमडी) कुलमान घिसिङ र सरकारबीच कुनै पनि मतभेद नरहेको बताएका छन् । बिहीबार प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्राधिकरणका एमडी घिसिङलाई हटाउनुपर्ने कुनैपनि कारण नरहेको बताएका हुन् ।
‘कुलमान घिसिङ र सरकारको बीचमा मतभेद छैन । मतभेद भए त उहाँ राजीनामा दिएर हिँडिहाल्नुहुन्थ्यो नि । सरकारको एउटा संस्थानमा, त्यसको हाकिम भएर उहाँले काम गरिरहनु भएको छ । स्पष्टीकरण सोध्यो भनिरहनु भएको छ, त्यो पनि भएको छैन । बाहिर कुलमानजी र उर्जा मन्त्रालयको द्वन्द्व छ भनेजस्तो जुन समाचार आइरहेको छ । त्यो गलत कुरा हो,’– उनले भने ।
नेता तामाङले कुलमानलाई राम्रो प्रशासकको संज्ञा दिँदै प्राधिकरणमा रहेर राम्रो काम गरेको बताए । तर, नेपाल पूर्ण रुपमा लोडसेडिङमुक्त भने नभइसकेको उनले बताए । File Photo/RN




प्रतिक्रिया