हामीले हस्ताक्षर अभियान सुरू गरेपछि सरकारले बाध्य भएर सदनको अधिवेशन बोलाएको हो, यसको नियत नै ठीक देखिँदैन : माधव नेपाल


काठमाडौं, १६ फागुन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरुले विशेष अधिवेशन बोलाउनको लागि हस्ताक्षर अभियान सुरु गरेपछि सरकारले बाध्य भएर सदनको हिउँदे अधिवेशन बोलाएको दाबी गरेका छन् ।

जनता समाजवादी पार्टी, नेपालले आज (शुक्रबार) काठमाडौंमा आयोजना गरेको भूमिसम्बन्धी अध्यादेशबारे अन्तरक्रियालाई सम्बोधन गर्दै उनले यस्ते खुलासा गरेका हुन् । नेपालले भूमाफियालाई पोस्नेगरि सरकारले अध्यादेश ल्याएको आरोप लगाए ।

उनले भने,‘यो सरकार सदन नबोलाउने भनेर बसेको थियो, तर हामीले हस्ताक्षरको अभियान सुरु गरेपछि बाध्य भएर सदनको अधिवेशन बोलाएको हो । सरकारको नियत नै ठीक नभएको देखिन्छ । भूमिसम्बन्धी अध्यादेशमा समस्या छ । हाम्रो देशमा भूमिसम्बन्धी समस्या के के हुन ? भूमि अतिक्रमण, वन अतिक्रमणको व्याप्त छ । सुकुम्बासीको नाममा सधैंभरि टाउको दुखाईको विष्या बनेको छ ।’