महासचिव पोख्रेल गुटबन्दीको दलदलमा फसेको शाहीको आरोप


काठमाडौं, २० फागुन । नेकपा (एमाले) का सांसद दयालबहादुर शाहीले पार्टीका महासचिव शंकर पोख्रेलको भूमिकामाथि प्रश्न उठाएका छन् । उनले पोख्रेलमा माधव नेपालझैं गुटबन्दीको दलदलमा फस्ने हतारो देखिएको भन्दै आलोचना गरेका छन् । पोख्रेलको गुटबन्दीमा फस्ने कुरा नै उनको व्यक्तित्वको अँध्यारो पाटो हुनेछ भन्ने शाहीको आरोप छ ।

उनले फेशबुकमा लेखेका छन्–

पूर्व राष्ट्रपतिलाई एमाले राजनीतिमा उतार्न नहुने मुड एमाले महासचिव शंकर पोखरेलको सबैभन्दा चम्किलो पाटो हुनेछ भने सर्वसम्मत रुपमा चुनिएको महासचिव स्वयम् माधव नेपालझै गुटबन्दीको दलदलमा फस्ने हतारो उहॅाको व्यक्तित्वको अ‍ॅध्यारो पाटो हुनेछ।