काठमाडौं, २१ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादु देउवा आज मधेश जाने भएका छन् । पार्टीका सहमहामन्त्री महेन्द्र यादवकी छोरीको विवाहमा सरिक हुन देउवा आज जनकपुर जाने भएका हुन् ।
उता, जनतासँग माओवादी अभियानमा व्यस्त रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालपनि भोलिबाट सुचारु हुने उक्त अभियानमा सरिक हुन आजै जनकपुर जाने भएका छन् ।
दाहाल भने भोलि महोत्तरीबाट सुरु हुने अभियानमा व्यस्त हुनेछन् । देउवा र दाहालबीच भेटवार्ता हुने वा नहुने भन्ने अहिलेसम्म तय भएको छैन् । तर, दुवै नेता आज एउटै फ्लाईटमा जनकपुर जानेपनि चर्चा छ ।




प्रतिक्रिया