काठमाडौं, २३ फागुन । नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन् । उनले गुनासा र असन्तुष्टि आफ्नो ठाउँमा भएपनि गणतन्त्रको विकल्प राजतन्त्र हुँदै नभएको टिप्पणी गरेका छन् ।
पछिल्लो समय राजावादीहरुले देशव्यापी रुपमा राजा फर्काउने भन्दै आन्दोलन गर्न थालेपछि गणतन्त्रवादी नेताहरुले समेत सार्वजनिक रुपमा टिकाटिप्पणी गर्न थालेका छन् । यही सन्दर्भमा नेता पोख्रेलेल पनि आफ्नो धारणा बाहिर ल्याएका हुन् । हिजोमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लड्नलाई सुझाव दिएका थिए ।
त्यसको भोलिपल्ट आज पोख्रेलले आफ्नो फेशबुक पेजमा लेखेका छन्–‘गुनासा र असन्तुष्टि आफ्नो ठाउमा होलान् । तर गणतन्त्रको विकल्प राजतन्त्र हुदै होइन । अढाइसय वर्ष नेपाली जनताले तिनका कर्म भोगेकै हो । जनआन्दोलनवाट फ्यालिएको राजतन्त्रका नाममा आफ्नो मुल्यवान समयलाई खेर नफालौं ।’




प्रतिक्रिया