काठमाडौं, २३ फागुन । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल परित्याग गरेका प्रमोद साह माओवादी केन्द्र प्रवेश गरेका छन् । साहलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा भित्र्याएका हुन् ।
साह सर्लाहीका प्रभावशाली नेता मानिन्छन् । उनी लामो समयसम्म उपेन्द्रको साथमा उभिएका थिए । तर, पछिल्लो समय यादवसँग रुष्ट बनेका साह माओवादीमा भित्रिने तयारीमा थिए ।
अहिले माओवादी पार्टी पँक्ति ‘जनतासँग माओवादी अभियान’ मा व्यस्त छन् । अहिले अभियान सर्लाही पुगेको छ । यही क्रममा आज आयोजित एक कार्यक्रमको बीचमा साह माओवादी प्रवेश गरेका हुन् ।





प्रतिक्रिया