गणतन्त्रमाथि प्रहार हुन थालेपछि प्रचण्डले स्थगन् गरे माओवादीको एक महिने अभियान, आजै काठमाडौं आउने


काठमाडौं, २४ फागुन । नेकपा (माओवादी केन्द्र) को जनतासँग माओवादी एक महिने कार्यक्रम स्थगन् भएको छ । अध्यक्ष पुष्पकमल दाहालले नै अहिले गणतान्त्रिक व्यवस्थामाथि चौतर्फी प्रहार हुन थालेपछि त्यसको प्रतिकार गर्नको लागि पार्टीको अभियान स्थगन् गराएका हुन् ।

झापाबाट सुरु भएको अभियान यतिवेला रौतहट पुगेको छ । रौतहटबाटै अभियान स्थगन् गरिने अभियानमै सरिक एक नेताले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । अध्यक्ष दाहालसहितका नेताहरु आजै काठमाडौं फर्किने जनाईएको छ ।

राजावादीहरुले पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा सडकमा आन्दोलन चर्काएको बेलामा दाहालले पार्टी अभियानमा मात्रै होमिनु गलत मेसेज जाने भएकोले त्यसको पनि प्रतिकार गर्नको लागि अभियान रोक्नुपरेको जनाएका छन् ।