गणतन्त्रवादीहरुले जनतासँग माफी मागेर राजनीतिको नयाँ बाटो निर्माण गर्नुपर्ने किरातीको प्रस्ताव


काठमाडौं, २४ फागुन । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वमन्त्री सुदन किरातीले नेपालका राजनीतिक दल र यसका नेतृत्वहरु आग्रह, पूर्वाग्रह र संकिर्णताबाट मुक्त हुनुपर्ने सुझाव दिएका छन् । उनले नेतृत्वहरुले उदारता देखाएर आफ्नो छाती चौडा र फराकिलो बनाउनुपर्ने धारणा राखेका छन् । पार्टीको ईलाम माङसेबुङ्ग गाउँ कमिटी अधिवेशन उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,नेपालीको सापेक्षताको राजनीति वाटो निर्माण गर्न राष्ट्रिय बहशको आयोजना गरौं । राजनीति दल र नेतृत्व आग्रह, पूर्वाआग्रह र संक्रिणताबाट मुक्त भई चौडा छाति बनाएर माथि उठ्नु सक्नुपर्छ। नत्र देशले अझै दुःख पाउने देखिन्छ । ईतिहासबाट आजसम्म यो विविधतायुक्त नेपाली समाजमा जनता मिलेरै बसे, मिलेरै देशलाई बचाए अनि राजनीतिमा पनि मिलेरै निरंकुशताको अन्त्य भयो। संविधान पनि मिलेर मात्रै लेखियो। देश बनाउने सबैको उद्देश्य हो भने अब गरिवी, अशिक्षा, बेरोजगार र भ्रष्टाचारलाई साझा शत्रु ठानी अघि बढौं ।”

उनले अब नेपालको विकासको लागि दश वर्षको लागि नयाँ राजनीति बाटो बनाउनुपर्ने प्रस्ताव राखेका छन् । उनले आज गणतन्त्रवादीकै कारण गणतन्त्र कमजोर हुँदै गइरहेको दाबी गरे । उनले भने-“गणतन्त्रको विरुद्धमा सडकमा विषवमन हुनुको मुख्य कारण गणतन्त्रको स्वाद र जरा जनतामा पुऱ्याउन नसक्नु हो । जताको आशा मर्दै जानु पनि हो । अव गणतन्त्रवादीहरुले जनतासँग माफी मागेर राजनीतिको नयाँ वाटो निर्माण गर्नु सक्नुपर्दर्छ । अन्यथा व्यवस्था नै दुर्घटनामा पर्न सक्छ। देशको भविष्य अनुमान गर्न गाह्रो हुने भयो ।”