काठमाडौं, २५ फागुन । राजावादीहरुले आज पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा बहृत्त प्रदर्शन गरेका छन् । पूर्वराजा शाह पोखराबाट काठमाडौं आउने कार्यक्रमलाई राजावादीहरुले शक्ति प्रदर्शनमार्फत राजा फर्काउने आन्दोलनको रंग दिएका छन् ।
राजावादीहरु यतिवेला काठमाडौंस्थित् विमानस्थलमा स्वागतको लागि ओइरिएका छन् । तर, राजावादीहरुको प्रदर्शनलाई लिएर गणतन्त्रवादीहरुले भने विरोध र आलोचना गरेका छन् । यो विषय संसद्मा समेत उठेको छ । यही सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार तथा एमाले उपमहासचिव विष्णु रिमालले राजावादीहरुको प्रदर्शनमा प्रयोग गरिएका तस्विरको विषयमा प्रश्न उठाएका छन् ।
उनले राजावादीहरुले र्यालीमा प्रयोग गरेको भारतका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्विरको विषयमा केन्द्रित रहेर प्रश्न गरेका छन् । रिमालले फेशबुकमा लेखेका छन्–राष्ट्रवादी महोदयहरूले ऱ्यालीमा प्रयोग गरेका यी २ फोटाहरू—




प्रतिक्रिया