मधेश सरकारको योजना खरिदबिक्री भएको हो भने कांग्रेस साक्षी बनेरमात्र बस्दैन : कांग्रेस नेता यादव


काठमाडौं, २५ फागुन । नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलले मधेश सरकारका मन्त्रालयहरुमा योजना खरिदबिक्री भइरहेको समाचारप्रति आपत्ति जनाएको छ । उक्त कार्यमा आफ्नो दलको कुनै संलग्नता नभएको कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवको दाबी छ । आज उनले एक विज्ञप्ती जारी गर्दै यस्तो स्पष्टीकरण दिएका हुन् ।

मधेश सरकारको योजना खरिदबिक्री वा सरकारी कोषको दुरुपयोग भएको हो भने नेपाली कांग्रेस त्यसमा कुनै पनि रूपमा संलग्न नरहेको र त्यसप्रति आवश्यक कदम चाल्नपनि उनले भनेका छन् ।

यदि सरकारी कोषको दुरुपयोग भएको हो भने त्यस्तो विकृत कामको साक्षी भएर कांग्रेस नबस्नेपनि उनले चेतावनी दिएका छन् । उनले आफू पारिवारिक काममा व्यस्त भएको कारण यसअघि आएका समाचारप्रति उचित समयमा आफने धारणा राख्न नसकेको पनि खुलाएका छन् ।