काठमाडौं । वरिष्ठ साहित्यकार तथा चर्चित समालोचक प्रा.डा. खगेन्द्र लुईटेलले साहित्यकार लक्ष्मीलोचना वैद्यको दोस्रो कृति ‘ऋतु’ एक कार्यक्रममा शनिबार राजधानीको भक्तपुरमा सार्वजनिक गरेका छन् ।
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (८ मार्च) को अवसर पारेर सामाजिक विषयवस्तुमा आधारित साहित्यकार लक्ष्मीलोचना वैद्यले लेखेको उपन्यास ‘ऋतु’ विमोचन तथा सार्वजनिक गर्ने कार्यक्रम सम्पन्न गरिएको छ ।
सिर्जना अभियान समाज भक्तपुरका अध्यक्ष धनमान श्रेष्ठ, सिर्जना अभियान समाजकै सचिव तथा वरिष्ठ लघुकथाकार ध्रुव मधिकर्मी, सद्भाव थिएटरका संस्थापक निर्देशक तथा नाट्यकर्मी महासंघका उपाध्यक्ष राम के ए सी, बुक्स हिमालय पब्लिकेशनका म्यानेजिङ डाइरेक्टर रोमन शाक्य र म्यार्केटिङ म्यानेजर यज्ञश्वर जोशीसहित समालोचक प्रा.डा. लुईटेलले संयुक्त रुपमा वैद्यको नयाँ कृति ‘ऋतु’ विमोचन गरिएको हो ।
भक्तपुरको ऐतिहासिक दरवार क्षेत्रमा रहेको ख्वःप छेँ रेष्टुरेन्टमा आयोजित कार्यक्रममा वरिष्ठ लघुकथाकार मधिकर्मीले स्वागत मन्तव्य दिएका थिए भने राम के ए सीले पुस्तकमाथि चर्चा गरेका थिए । कार्यक्रम सञ्चालन टीका श्रेष्ठले गरेकी थिईन् भने सुमित्रा ताल्चाभडेलले स्वागत मन्तव्य दिएकी थिईन् ।
बुक्स हिमालय सानेपा ललितपुरद्वारा प्रकाशित ३७८ पृष्ठको पुस्तकको मूल्य ६५० रुपैयाँ राखिएको छ । लक्ष्मीलोचना वैद्यको ‘ऋतु’ दोस्रो कृति हो । यसअघि ‘नेपाली नाटकको रुपरेखा–२०७४’ नामक पुस्तक प्रकाशित भइसकेको छ ।




प्रतिक्रिया