काठमाडौं, फागुन २८ । काठमाडौंको तारकेश्वर नगरपालिका-६ धर्मस्थलीका ५८ वर्षीय कान्छा महर्जन घरबाट हराएको १७ दिनपछि शिवपुरी जङ्गलमा मृत भेटिएका छन् ।
उनी यही फागुन १० गते घरबाटै हराएकामा खोजतलासका क्रममा मंगलबार तारकेश्वर नगरपालिका(३ पाँचमानेस्थित शिवपुरी जङ्गलमा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए ।
उनी श्रीमतीसँग झगडा परेपछि घरबाट हराएका जानकारी प्राप्त भएको र घटनाको अनुसन्धान थालिएको उनले बताए। उनको शव मुचुल्का उठाएर परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको छ । मृत्युको कारण भने नखुलेको पनि उनले बताए ।
यस्तै तार्केश्वर नगरपालिका-१० मनमैजु फूलबारी टोल बस्ने गोरखा धार्चे गाउँपालिका-४ घर भएकी ६५ वर्षीया बिसानी गुरूङ आफ्नै कोठामा मृतावस्थामा फेला परेकी प्रहरीले जनाएको छ ।




प्रतिक्रिया