राजाले ‘म यो व्यवस्था फाल्न संघर्ष गर्छु’ भन्ने हो भने करोडौं जनता सडकमा आउँछन्ः पशुपति खड्का (भिडिओसहित)


काठमाडौं, २८ फागुन । शाही युवा शक्ति नेपालमा अध्यक्ष पशुपति खड्काले आगामी चैत २ गते राजतन्त्रको पक्षमा बृहत प्रदर्शनीको तयारी गरिएको बताएका छन् । आज (बुधबार)ं रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले आगामी चैत २ गते सामाखुसीमा भेला भएर नारायणहिटी जाने तयारी रहेको बताएका हुन् । उनले त्यसदिन नारायणहिटीमा रहेको श्रीपेच निकालेर राजालाई लगाइदिने तयारी रहेको पनि उनले बताए । ‘चैत २ गते शनिबार सामाखुसीमा भेला हौं । नारायणहिटीमा जाऔं । नारायणहिटीमा रहेको श्रीपेच त्यहाँबाट खोसेर राजालाई लगाइदिउँ,’– उनले भने ।

गत फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न १०औं लाख मानिसहरु सडकमा आएको उनले बताए । विभिन्न दलका कार्यकर्ताहरु समेत राष्ट्रिय झण्डामुनि आएको उनको दाबी छ । ज्ञानेन्द्र शान्तिप्रेमी, नेपाली जनताको झलो चाहने र नमात्तिने स्वभवका रहेको दाबी गर्दै उनले अब तत्काल उनको गद्दिआरोहण गराउने तयारी रहेको बताए । ‘ज्ञानेन्द्र सरकारले देश बचाउन जनतालाई आह्वान गरिसकेपछि जनताहरु जुरुक्कै उठेको अवस्था छ । हिजो पार्टीले मेरो कार्यकर्ता भन्ने मान्छे पनि आज राष्ट्रिय झण्डामुनि समेटिएको हामीले पाएका छौं । उहाँहरु उत्साहित हुनुहुन्छ,’– उनले भने ।

गणतन्त्र आतङ्कवादको जगमा र विदेशीको मलजलमा आएको दाबी गर्दै उनले अब यसको आयु धेरै लामो नरहेको बताए । नेपालमा गणतन्त्रको भ्रम सकिएको उनको दाबी छ । सबै जनता राजावादी भएर नेपाली हुनुको गौरवलाई पुनर्स्थापना गर्नुपर्ने उनले बताए । ज्ञानेन्द्रले म संघीय लोकतान्त्रिक व्यवस्था फाल्न संघर्ष गर्छु भन्ने हो भने करोडौं जनता सडकमा उत्रिने उनको दाबी छ ।

‘राजाले म जनताको साथमा यो व्यवस्था फाल्न संघर्ष गर्छु भन्ने हो भने यो देशका एक करोड जनता सडकमा उत्रिने छन् । दलबाट वितृष्णा भएर, झुठा आश्वासन पाएर, गणतन्त्र भनेको भ्रम रहेछ भन्ने जनताले बुझिसके । यी नेताहरुलाई अब हामीले कारबाही गर्न सुरु गर्नुपर्छ ।