काठमाडौं, २९ फागुन । नेकपा (माओवादी केन्द्र) सहित ४ दल आवद्ध समाजवादी मोर्चा नेपालको बैठक भोलि बस्ने भएको छ । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय कार्यालय ओलोकनगरमा भोलि दिउँसो ३ बजे बैठक बस्ने तयारी रहेको छ । आगामी चैत १५ गते काठमाडौंमा हुने संयुक्त प्रदर्शनको तयारीका लागि बैठक बस्न लागेको हो ।
गत मंगलबार बसेको मोर्चाको बैठकले आगामी चैत १५ गते काठमाडौंमा गणतन्त्रको पक्षमा र प्रतिगामी हर्कतको खिलाफमा हजारौं जनता उतारेर विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो ।
जनताले तिरस्कार गरिसकेको राजा र राजतन्त्रलाई फेरि पुनर्स्थापित गर्ने धृष्टता, देश र जनताको विरुद्धमा ठूलो प्रतिगामी षड्यन्त्र भइरहेको मोर्चाको निष्कर्ष छ । मोर्चाले आगामी चैत १ गते विहान नेपालका बुद्धिजीवी नागरिक समाजसँग परामर्श र छलफलको कार्यक्रम तय पनि गरेको छ ।




प्रतिक्रिया