काठमाडौं, १२ चैत्र । नेपाली कांग्रेसकी प्रभावशाली नेतृ डा. डिला संग्रौलाले कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयको आलोचना गरेकी छिन् । उनले कुलमान देशमा लोडसेडिङ हटाउन रात दिन खटेका कर्मचारी भएको उल्लेख गरेकी छिन् । उनले सरकारको निर्णय गलत भएको भन्दै त्काल जवाफ दिनुपर्ने पनि बताएकी छिन् । संग्रौलाले फेशबुकमा लेखेकी छिन्–
पदावधि सकिन केही महिना मात्रै बाँकी रहेका देशमा लोडशेडिंग हटाउन रात दिन खटेका, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गलाई पदमुक्त गर्ने सरकारको निर्णय गलत छ। यसको जवाफ सरकारले दिनुपर्ने छ। गणतन्त्रको विकल्पमा जनतालाई सडकमा उतार्न एक पक्षले कोशिश गरिरहंदा गठबन्धन सरकारले प्रत्युत्पादक निर्णय लिएको छ। पार्टीको कार्यक्रमको सिलसिलामा हालै हामी सातै प्रदेश पुग्दा पार्टीका साथीहरुले, बुद्धिजीवी, शुभेच्छु तथा पेशाकर्मी मित्रहरुले सरकारले जनताको जीवन सहज गर्न तत्काल कार्यक्रम ल्याउनु पर्ने, सुशासन सुनिस्चित गर्नु पर्ने र र कुनै पनि विवादास्पद निर्णय गर्न नहुने सुझाव दिनु भएको थियो। घाटामा रहेको प्राधिकरणलाई मुनाफामा लैजाने, देशलाई लोडसेडिङमुक्त गराउने व्यक्तिप्रति इगो साधेर हामीले कसको अभिष्ट पुरा गर्न खोजेका हौँरु म यस्तो हचुवा निर्णय तत्काल सच्याउन सरकारसंग माग गर्दछु। पार्टी भित्र यस्तो प्रवृत्तिबारे छलफल हुने नै छ।





प्रतिक्रिया