जरिवानापत्र बोकेर निर्मलनिवास पुगेको महानगरको टोली फर्कियो, ज्ञानेन्द्रले बुझेनन पत्र


काठमाडौं, १७ चैत्र । काठमाडौं महानगरपालिकाको टोली निर्मलनिवासबाट फर्किएको छ । विभिन्न शीर्षकमा काटिएको जरिवानापत्र बोकेर निर्मलनिवास पुगेको महानगरको टोली त्यत्तिकै फर्किएको हो ।

पूर्वराजा ज्ञानेन्द्रले ती जरिवाना पत्र बुझ्न अस्विकार गरेका हुन् । राजावादीहरुको प्रदर्शनको क्रममा भएको भएको फोहोर र तोडफोड र दमकल प्रवेश गर्न नदिईएको विषयमा महानगरले ७ लाख ९३ हजार जरिवाना तय गरेर पत्र काटेको सार्वजनिक भएको थियो । हिजो सार्वजनिक बिदा भएकोले महानगरको टोली आज विहानै कार्यालय खुल्नेबित्तिकै निर्मलनिवास पुगेको थियो । file photo