काठमाडौं, १७ चैत्र । प्रतिनिधिसभाको अवरोध खुलाउनको लागि सभामुख देवराज घिमिरे छलफलमा जुटेका छन् । सभामुख घिमिरे अहिले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफलमा छन् । विपक्षी दलहरुले कुलमान घिसिङका बर्खास्तगीको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ मागेका छन् ।
जवाफ नदिएसम्म सदन चल्न नदिने उनीहरुको अडान छ । सोहीअनुसार प्रधानमन्त्री ओलीले भोलि चैत्र १८ गते सरकारको तर्फबाट सो विषयमा जवाफ दिने भनिएको छ । तर, विपक्षीहरुले जवाफ दिएपछिमात्रै सदन चलाउन सकिने नत्र अवरोध कायमै राख्ने अडानमा छन् । file photo




प्रतिक्रिया