संसद्मा राजावादीलाई थुन्नुपर्ने कुरा उठेपछि राजेन्द्र लिङ्देनको ठाडो चूनौति : राजावादी यहाँ छ, सके जेल हाल


काठमाडौं, १७ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजावादीलाई जेल हाल्ने कुरा संसद्मा उठेपछि जेल हाल देखाउन भन्दै ‘म यहाँ छु राजावादी’ भन्ने जवाफ फर्काउ ।

आज (आइतबार) को प्रतिनिधिसभा बैठकमा कांग्रेस, एमालेका सांसदहरुले राजावादीलाई थुन्नुपर्ने भनेपछि संसद् बैठकमै रहेका लिङ्देनले छाती ठोक्दै आफूलाई जेल हाल्न चुनौती दिएका हुन् । बैठक १५ मिनेटको लागि स्थगित गरिएको थियो ।

तर, अहिलेसम्म सुचारु भएको छैन् । लिङ्देनले सञ्जालमा समेत लेखेका छन्–‘संसदमा कसैले राजावादी हुँ भन्नेहरूलाई थुन्नुपर्छ भनेपछि।।।छाती ठोकेर भनियो राजावादी यहाँ छ सके जेल हाल ।’ आजको प्रतिनिधिसभा बैठकमा प्राविधिक समस्या भएकोले लाईभ गरिएको थिएन । तर, रेकर्ड गरिएको भिडिओ अहिले सार्वजनिक भएको छ ।