काठमाडौं, २८ चैत्र । नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगनकुमार थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लिएर कडा टिप्पणी गरेका छन् । उनले ज्ञानेन्द्र शाहले निर्मल निवासमा बसेर काठमाडौंमा उत्पात मच्चाउन खोजेको आरोप लगाएका छन् । पार्टीको बाग्मती प्रदेशले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले ज्ञानेन्द्रलाई जति धोए पनि सफा बनाउन नसकिने बताए । उनले भने,‘पूर्वराजा ज्ञानेन्द्र शाहलाई पति धोए पनि सफा बनाउन सकिँदैन, निर्मल निवासमा बसेर त काठमाडौँमा यस्तो उत्पात मच्चाए । अझ नारायणहिटी दरबारमा बसेको भए के गर्थे होला ?’ उनले राजावादीहरुले केही पनि गर्न नसक्ने ठोकुवा गरे । देशव्यापी रुपमा आफू डुलेर आएको भन्दै काठमाडौंबाहेक कहीँ कतै पनि राजावादीहरु बाहिर निस्किन नसकेको थापाको भनाई छ ।




प्रतिक्रिया