त्रिविका भिसी बरालको राजीनामा स्वीकृत


काठमाडौं, २८ चैत्र । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले दिएको राजीनामा स्वीकृत भएको छ । कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बरालको राजीनामा स्वीकृत गरेका हुन् ।

बरालको राजीनामा स्वीकृत भएसँगै अब नयाँ भिसी नियुक्तीको प्रक्रिया अघि बढ्ने छ । बरालको राजीनामा लामो समयसम्म स्विकृत नगरी राखिएको थियो ।

तर, त्रिविमा नेतृत्व नदिँदा नराम्रो सन्देश प्रवाह भएपछि प्रधानमन्त्री ओलीले आज बरालको राजीनामा स्वीकृत गरेका हुन । बराललाई काम गर्न असयोग भएको भनिएको छ । तर, सार्वजनिक रुपमा बरालले भने आफ्नो राजीनामाबारे बोलेका छैनन् । उनी पदबाट राजीनामा दिएर पोखरा गएका हुन् ।