सिंहदरबारमा आन्दोलनरत शिक्षक र सरकारबीच वार्ता सुरू


काठमाडौं, २८ चैत्र । नेपाल शिक्षक महासंघ र सरकारबीच वार्ता सुरु भएको छ । सिंहदरबारस्थित् शिक्षा मन्त्रालयमा मन्त्री विद्या भट्टराईसँग आन्दोलनरत शिक्षकहरुको तर्फबाट सहअध्यक्ष नानुमाया पराजुली नेतृत्वको टोली वार्ताको टेवुलमा बसेको छ ।

पछिल्लो ९ दिनदेखि शिक्षकहरु काठमाडौंमा आन्दोलनरत छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरुको माग पूरा गर्न सरकार सकारात्मक रहेको बताउँदै आएका छन् ।