काठमाडौ., २९ चैत्र ।काठमाडौं जिल्ला अदाललते तिनकुने घट्नामा जोडिएका दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ । प्रहरीले प्रसाईंलाई आजमात्रै झापाबाट पक्राउ गरी काठमाडौं ल्याएको हो ।
प्रसाईंका अंगरक्षक दीपक खड्का पनि आजै उनीसँगै पक्राउ परेका थिए । उनलाई पनि १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति छ । उनलाई विमानबाट काठमाडौं ल्याईएको हो ।
चैत्र १५ गते तिनकुनेको राजावादी प्रदर्शनबाट भएको क्षतिमा प्रसाईं मुख्य आरोपी भनिएको छ । तर, घट्ना भएको दिनदेखि उनी फरार भएका थिए । file photo




प्रतिक्रिया