काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) को १२औं महाधिवेशनमा डा.नरेश भट्टले अध्यक्ष पदको लागि औपचारिक उम्मेदवारी घोषणा गरेका छन् । कैलाली, धनगढीका निवासी डा.भट्ट विद्यार्थी आन्दोलनको अग्रपङ्क्तिमा रहेका नेतृत्वकर्ता हुन्। उनले काठमाडौं विश्वविद्यालयबाट चिकित्साशास्त्रमा स्नातक गरेका छन् । उनी नेपाल ल क्याम्पसका कानुनका विधार्थी पनि हुन् । उनी लामो समयदेखि नेविसंघको केन्द्रीय सदस्यको भूमिकामा सक्रिय छन् ।
ऐतिहासिक संघर्ष र उपलब्धिहरू
- चिकित्सा शिक्षामा निजी कलेजहरूको ८० लाखसम्म पुगेको शुल्क घटाएर ४० लाखमा सीमित गराउन सफल।
- नर्सिङ तथा मेडिकल विद्यार्थीहरूको शुल्क फिर्ता, छात्रावास र छात्रवृत्तिको माग लिएर आन्दोलनको नेतृत्व।
- काठमाडौं विश्वविद्यालय मेडिकल साइन्सेज को नेविसंघ सभापति, विद्यार्थी कल्याण परिषद् अध्यक्ष, चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक र फेडेरेसन अफ नेपाली मेडिकल स्टुडेन्ट्सका राष्ट्रिय अध्यक्षको भूमिकामा उल्लेखनीय योगदान।
नेतृत्वको दृष्टि
डा.भट्टले आफ्नो उम्मेदवारी घोषणा गर्दै भने, ‘देश, संगठन र विद्यार्थीहरूको हक–हितका लागि नेविसंघलाई एकताबद्ध रूपमा अगाडि बढाउने छु।’ उनको उम्मेदवारीले नेविसंघको नेतृत्व प्रतिस्पर्धालाई थप गतिशील बनाएको छ।
समर्थन र प्रतिक्रिया
उनको उम्मेदवारीलाई नेविसंघ वृत्तभित्र गम्भीर रूपमा लिइएको छ। विद्यार्थी समुदायले उनको ‘एजेन्डा आधारित नेतृत्व र संघर्षकालीन अनुभव’ को प्रशंसा गरेका छन्।
डा.भट्टको उम्मेदवारी विद्यार्थी अधिकार, शैक्षिक सुधार र संगठनको एकतालाई केन्द्रमा राख्ने देखिन्छ। नेविसंघको इतिहासमा यो महाधिवेशन एक निर्णायक मोड साबित हुने विश्लेषकहरूको भनाइ छ।




प्रतिक्रिया