रेशम चौधरी पक्राउबारे जनमत पार्टीले भन्यो : मधेशी, थारु र आदिवासीलाई बलियो हुनबाट रोक्ने सरकारी प्रपञ्च हो


काठमाडौं, १७ बैशाख । जनमत पार्टीले रेशम चौधरीलाई पक्राउ गरेकोमा आपत्ति जनाएको छ । पार्टीका केन्द्रीय प्रवक्ता डा. शरददसिंह यादवले आदिवासी, मधेशी र थारुलगायतका पहिचानवादी शक्तिलाई एक हुन र बलियो हुन नदिनको लागि आज कार्यक्रमस्थलबाट चौधरीलाई पक्राउ गरिएको भन्दै विरोध जनाए ।

रिपोर्टर्स नेपाल डटकमसँगको संक्षिप्त कुराकानीमा उनले भने,‘यो एउटा आदिवासी, मधेशी, थारुलगायत पहिचानवादी शक्तिलाई बलियो हुनबाट रोक्ने सरकारी प्रपञ्च हो । उहाँले त संरक्षकमात्रै बस्छु, कार्यक्रमस्थलबाट पक्राउ गर्नु प्रष्ट गर्दैछ ।’ अब कसरी अघि बढ्ने भन्ने विषयमा नाउपा र जनमत पार्टी अहिले बेग्लाबेग्लै छलफलमा जुटेका छन् ।

नाउपाले लिने निर्णयपछि मात्रै आफ्नो दलले पनि निर्णय लिने उनको भनाई छ । रेशम पक्राउ परेसँगै आज हुने भनिएको दुई पार्टीबीचको एकता स्थगित् भएको छ । कार्यक्रमस्थल प्रज्ञा भवनमा भेला भएका नेता तथा कार्यकर्ताहरुलाई आ आफ्नो घर जान भनिएको छ ।