सरकारसँग भएको ९ बुँदे सहमप्रति विद्यालय नेपाल विद्यालय कर्मचारी परिष्को असहमति


काठमाडौं, १८ बैशाख । नेपाल विद्यालय कर्मचारी परिषद्ले सरकारसँग भएको ९ बुँदे सहमति अस्विकार गरेको छ ।

परिषद्का अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले आज (बिहीबार) एक विज्ञप्ति जारी गर्दै उक्त ९ बुँदे सहमति आफूहरुलाई अस्विकार भएको उल्लेख गरेका छन् ।

परिषदले थप कार्यक्रम समिक्षा बैठकपछि सार्वजनिक गर्ने भनेको छ ।