काठमाडौं, ३ जेठ । पछिल्लो समय निरन्तर भइरहेको अघोषित लोडसेडिङबारे चर्चित हाँस्य कलाकार केदार प्रसाद घिमिरे (माग्ने बुढा) ले व्यङ्ग्य गरेका छन् । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक (एमडी) हितेन्द्र देव शाक्यलक्षित गर्दै उनले सालो आएपछि ‘अन्धकार र कालो’ को सुरुवात भएको टिप्पणी गरेका छन् ।
‘सालो त सालो, कस्को सालो सालो। त्यो सालो आएसी अन्धकार र कालो,’– उनले भनेका छन् ।
प्राधिकरणका एमडी शाक्य प्रधानमन्त्री केपी शर्मा ओलीको सालो पर्ने धेरैको दाबी छ । प्रधानमन्त्री ओलीले तत्कालीन एमडी कुलमान घिसिङलाई हटाएर शाक्यलाई कार्यकारी निर्देशक बनाएका थिए । पछिल्लो समय पटक–पटक अघोषित लोडसेडिङ भइरहेको अवस्थामा प्रधानमन्त्री ओली र कार्यकारी निर्देशक शाक्यको धेरैले आलोचना गरिरहेका छन् ।




प्रतिक्रिया