काठमाडौं, ३ जेठ । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष प्रकाश ज्वालाले आफूहरु अहिले पार्टीको संगठन निर्माण र आन्दोलनमा केन्द्रीत भएकार काम गरिरहेको बताएका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले एकीकृत समाजवादीलाई अहिले सरकार ढाल्नेतिर चासो नै नरहेको बताएका हुन् । उनले आफूहरु सरकार ढलोस् भनेर षड्यन्त्रतिर नलागेको उनले बताए ।
उपाध्यक्ष ज्वालाले एकीकृत समाजवादीले मधेश प्रदेशबाहेक सबै प्रदेशको अधिवेशन भव्यताको साथ सम्पन्न गरिसकेको बताए । उनले अहिले जिल्ला, पालिकालगायतको अधिवेशन भइरहेको र आफूहरु संगठन निर्माणमा लागिरहेको बताए । ‘हामी संगठन निर्माण र आन्दोलनमा केन्द्रीत छौं । सरकार ढाल्नेतिर हामीलाई चासो छैन,’– उनले भने ।




प्रतिक्रिया