काठमाडौं, ४ जेठ । नेकपा (माअोवादी केन्द्र) का सचिव एवं पूर्वमन्त्री चक्रपाणि खनालले वर्तमान सरकार पूर्ण रुपमा विचौलियाले चलाइरहेको दाबी गरेका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नयाँ बजेट निर्माण प्रक्रिया, लगानी, नियुक्ति र राज्यसत्ताका सबै अवयवहरुमा विचौलियाहरुको प्रभाव रहेको बताएका हुन् ।
‘सबैतिर विचौलियाहरु छन् । अहिले त यो सरकार पूर्ण रुपमा विचौलियाले चलाएको छ । कुनै एउटा नयाँ बजेट निर्णाण, लगानी, नियुक्ति सबैतिर विचौलिया, राज्यसत्ताका सबै अवयवमा विचौलियाहरु छन्,’– उनले भने ।
अहिले माओवादीको ध्यान सरकारतिर नरहेको पनि उनले बताए । गत पार्टी पदाधिकारी बैठकमा पनि सरकारको बारेमा नबोल्ने भन्ने छलफल नै भएको यनले सुनाए । सचिव खनालले बलियो सरकार भएको हुनाले तलमाथि गर्न सकिँदैन भनेर भन्दा पनि पार्टी निर्माणतिर नै जोड गरौं भनेर लागिपरेको बताए । अहिले आफूहरुको जिम्मेवारी प्रतिपक्षको भूमिका निर्वाह गर्ने नै रहेको बताए ।
‘हामी सरकार परिवर्तमानमा लाग्ने कुरा माओवादी पार्टीका लागि कुनै कारण नै छैन । सरकारको आफ्नै क्रियाकलाप आदि इत्यादिले यो कसरी टिक्ट, अथवा कसरी अगाडि बढ्छ वा हट्छ, त्यो चासोको विषय हुन हुँदैन भनेर हामीले भनेका छौं । आगामी निर्वाचनसम्म हामी त्यसरी जानुपर्छ । जनताको बीचमा जानुपर्छ, हामीले आफ्नै पार्टीलाई सुदृढ गर्ने कुरामा ध्यान केन्द्रीत गरौं, सरकारको बारेमा अहिले हामी नबोलौं भन्ने कुरा पदाधिकारीको पछिल्लो बैठकमा निकै छलफल भएको छ । सरकारको बारेमा अहिले हामी बोल्दैनौं । ठाउँ–ठाउँमा अध्यक्षले बोल्नुभयो भन्ने पनि आयो र त्यसदिन हामीले भन्यौं, अध्यक्षले पनि अहिले भन्नुभएको छैन,’– उनले भने । File Photo/RN




प्रतिक्रिया