कांग्रेसको पदाधिकारी बैठक बस्दै


काठमाडौं, जेठ १२ । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका हुन् ।

बूढानीलकण्ठस्थित सभापति देउवाकै निवासमा बस्ने बैठकमा पूर्वपदाधिकारी पनि सहभागी हुनेछन् । बैठकमा क्रियाशील सदस्यता नवीकरणका विषय र समसामायिक राजनीतिक घटनाक्रमबारे छलफल गर्ने एजेन्डा छ । बैठकमा अरू समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने बताइएको छ ।