संसद्को अवरोध खुलाउने विषयमा विपक्षीहरूबीच साझा धारणा बन्न सकेन


काठमाडौं, २८ जेठ । सदनको अवरोध खुलाउने सवालमा विपक्षीहरुले साझा धारणा बनाउन सकेका छैनन् । प्रतिनिधिसभाको बैठकअघि माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी र आजपाका नेताहरु छलफलमा जुटेका थिए ।

उनीहरुबीच रास्वपाले अघि सारेको पाँच बुँदे प्रस्तावमा साझा धारणा बनाउने भनिएको थियो । तर, भिजिट भिसा प्रकरणमा कुनैपनि हालतमा छानबिन समिति बनाईनुपर्ने पक्षमा रास्वपा छ ।

आज प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेको लागि बोलाईएको थियो । तर, बैठक अहिलेसम्म सुरु भएको छैन् । आजपनि बैठक सुचारु हुन नसक्ने नेताहरुको भनाई छ । file photo