दुर्गा प्रसाईंलाई डिल्लीबजार कारागारमा राखियो


काठमाडौं, ३० जेठ । गत चैत्र १५ गते काठमाडौंको तिनकुनेमा भएको राजावादीहरुको आन्दोलन हिंसामा परिणत भएको घट्नामा संलग्न दुर्गा प्रसाईंसहित ७ जनालाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश भएसँगै उनीहरुलाई डिल्लीबजार कारागार चलान गरिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले ज्यान मुद्दामा अभियोजन गरिएका ७ जनालाई गएराति थुनामा पठाउन आदेश गरेका थिए ।

उनीहरुलाई यतिवेला डिल्लीबजार कारागार चलान गरिएको हो । पूर्पक्षमा पठाईएकाहरुमा प्रसाईंको अलावा सरोज गौतम, गोकर्ण शाही, डण्डपाणी रेग्मी, सुशील बराल, केशव बस्नेत र जित बहादुर श्रेष्ठ रहेका छन् । उनीहरु सबै जनालाई प्रसाईसँगै डिल्लीबजार कारागारमा राखिएको हो । file photo